कास्की जिल्ला खेलकुदलाई पोखरा रंगशाला व्यवस्थापनको जिम्मा

पाेखरा | माघ ९, २०८०

कास्की जिल्ला खेलकुदलाई पोखरा रंगशाला व्यवस्थापनको जिम्मा

पोखरा:     प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा बसेको परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।


परिषदको निर्देशन अनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेश गरेको सुझाव र प्रतिवेदनका आधारमा प्रदेश खेलकुद परिषदको अर्को निर्णय नभएसम्मको लागि रंगशालाको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै रंगशालाबाट प्राप्त आम्दानी तथा खर्च ३/३ महिनामा परिषदबाट स्विकृत गराई खर्च गर्न सक्ने गरी जिल्ला खेलकुद विकास समिति कास्कीको प्रस्तावित निर्णयलाई परिषदको बैठकले अनुमोदन र समर्थन गर्ने निर्णय गरेको छ ।


यो निर्णय संगै रंगशालाको  सरसफाई, मर्मत सम्भार, सूरक्षा व्यवस्थापन, पानी र विद्युतीकरणलगायत सम्पूर्ण खेल संघहरुलाई सबै खेलका प्रशिक्षणहरु रंगशाला केन्द्रितको व्यवस्था मिलाउन समेत जिल्ला खेलकुद विकास समिति कास्कीलाई जिम्मेवारी दिने गरी निर्णय गरेको छ । साथै योग खेलको विकास र प्रवद्र्धनका लागि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्यतर्फले योग अभ्यास र आर्यूवेद सञ्चालनका लागि उपयूक्त कोठा उपलव्ध गराउने निर्णय गरेको छ ।  


सो निर्णय कार्यान्वयनका लागि पोखरा रंगशाला ब्वयस्थापन सहजीकरण समितिलाई जिम्मेवारी समेत तोकेको छ ।


पोखरा रंगशालाको ब्यवस्थापनको जिम्मेवारी जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिइएको बारे जिल्ला प्रशासन कार्यालय, कास्की,  पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, कास्की र राष्ट्रिय खेलकुद परिषदलाई बोधार्थ पत्रबाट जानकारी दिएको छ । 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्